तपाईंका लागि Google का सम्पूर्ण सेवाहरू
आफ्नो Google खातामा साइन इन गर्नुहोस् र आफूले प्रयोग गर्ने Google का सबै सेवाहरूबाट बढीभन्दा बढी फाइदा लिनुहोस्। तपाईंको खाताले Google बाट तपाईंले चाहन गरेअनुसारको अनुभव लिन अवसर प्रदान गरेर तथा तपाईंलाई आफ्ना सबैभन्दा महत्त्वपूर्ण जानकारी जहाँसुकैबाट सजिलैसँग हेर्ने तथा प्रयोग गर्न दिएर तपाईंलाई अझ धेरै कार्य गर्न मद्दत गर्छ।
तपाईंलाई मद्दत गर्छ
तपाईं हर बखत आफ्नो समयतालिकाबारे जानकार रहनुहोस् भन्नाका खातिर तपाईंलाई आफ्नो Gmail, Google पात्रो र Google नक्साबीच जानकारी सिंक गर्ने जस्ता दैनिक कार्यहरूमा सक्रिय रूपमा मद्दत गर्न तपाईं साइन इन हुँदा तपाईंले प्रयोग गर्ने Google का सबै सेवाहरूले सहज तरिकाले मिलेर काम गर्छन्।
तपाईंका लागि बनाइएको
तपाईं जुनसुकै यन्त्र वा Google को जुनसुकै सेवा प्रयोग गरिरहेको भए तापनि तपाईंको खाताले तपाईंलाई एकनासको अनुभव प्रदान गर्छ। तपाईं जुनसुकै बेला आफूले प्राप्त गर्न खोजेको अनुभवका आधारमा सेटिङ मिलाउन वा व्यवस्थापन गर्न सक्नुहुन्छ।
तपाईंको खाता सुरक्षित राख्छ
तपाईंको Google खाता सुरक्षित राख्नका निम्ति सूचना प्रविधि उद्योगकै सर्वोत्कृष्ट सुरक्षा उपाय अपनाइन्छ। यो सुरक्षा उपायले जोखिमपूर्ण सामग्री पत्ता लगाउन तथा त्यस्तो सामग्री तपाईंसमक्ष पुग्नुअघि नै त्यसमाथि रोक लगाउन स्वतः मद्दत गर्छ।
मद्दत गर्न तयार
तपाईंको Google खाताले तपाईंले आफ्नो खातामा सुरक्षित गर्नुभएको जानकारी प्रयोग गरी पासवर्ड, ठेगाना र भुक्तानीसम्बन्धी विवरण स्वतः भरिदिएर तपाईंको समय बचत गर्छ।
तपाईंले आफ्नो Google खातामा साइन इन गर्दा तपाईंले प्रयोग गर्ने Google का सबै सेवाहरू तपाईंलाई अझ धेरै कार्य समापन गर्न मद्दत गर्न संयुक्त रूपमा काम गर्छन्। उदाहरणका लागि, तपाईंलाई समयमै विमानस्थल पुग्न मद्दत गर्न Gmail को इनबक्समा प्राप्त हुने उडानको पुष्टिसम्बन्धी जानकारी स्वतः तपाईंको Google पात्रो र Google नक्सामा सिंक हुन्छ।
तपाईं कुनै डिभाइसमा एक पटक साइन इन गरेकै भरमा उक्त डिभाइसमा Google का विविध सेवाहरू प्रयोग गर्न सक्नुहुन्छ। जस्तै, तपाईं आफूले हेर्दा हेर्दै अधुरो छाडेका YouTube भिडियो छाडेकै ठाउँबाट हेर्न थाल्न तथा आफ्ना कन्ट्याक्ट र Play स्टोरका मन पर्ने एपहरू हेर्न तथा प्रयोग गर्न सक्नुहुन्छ। तपाईं Google बाहिरका प्लेटफर्महरूमा पनि आफ्नो प्राथमिकताअनुसारका सुविधा प्राप्त गर्न सक्नुहोस् भन्नाका लागि तपाईं आफ्नो Google खाता प्रयोग गरेर तेस्रो पक्षीय एपहर ू मा सुरक्षित र द्रुत रूपमा साइन इन गर्न सक्नुहुन्छ।
केवल तपाईंकै लागि
तपाईं एक पटक ट्याप गरेकै भरमा आफ्ना डेटा तथा सेटिङ हेर्न सक्नुहुन्छ। आफ्नो प्रोफाइल तस्बिरमा ट्याप गर्नुहोस् अनि "आफ्नो Google खाता व्यवस्थापन गर्नुहोस्" नामक लिंकमा जानुहोस्। तपाईं आफ्नो प्रोफाइल तस्बिरमा ट्याप गरेर सजिलै साइन इन गर्न, साइन आउट गर्न वा इन्कोग्निटो मोड सक्रिय गर्न पनि सक्नुहुन्छ।
हामीलाई एउटा उपायले गोपनीयतासम्बन्धी सबै परिस्थितिमा काम गर्दैन भन्ने कुरा थाहा छ। त्यसकारण, हामी प्रत्येक Google खातामा प्रयोग गर्न सजिला नियन्त्रण सुविधा तथा गोपनीयता जाँच जस्ता संयन्त्र उपलब्ध गराउँछौँ। तपाईं ती नियन्त्रण सुविधा तथा संयन्त्र प्रयोग गरी आफ्ना लागि उपयुक्त हुने गोपनीयता सेटिङ छनौट गर्न सक्नुहुन्छ। तपाईं सजिलै अन/अफ गर्न सकिने नियन्त्रण सुविधाहरू प्रयोग गरी आफ्नो खातामा के कस्ता डेटा सुरक्षित गर्ने भन्ने कुरा नियन्त्रण गर्न सक्नुहुन्छ। तपाईं यो सुविधा प्रयोग गरी मिति, उत्पादन र शीर्षकअनुसार आफ्नो डेटा मेटाउन पनि सक्नुहुन्छ।
तपाईंको Google खाताले तपाईंलाई आफ्ना क्रेडिट कार्डको विवरण, पासवर्ड र सम्पर्क ठेगानालगायतका व्यक्तिगत जानकारी सुरक्षित रूपमा भण्डारण गर्ने मुख्य ठाउँ उपलब्ध गराउँछ। त्यसकारण, तपाईं आफूलाई आवश्यक पर्दा जुनसुकै बेला जहाँसुकैबाट इन्टरनेटमा ती जानकारी हेर्न तथा प्रयोग गर्न सक्नुहुन्छ।
तपाईंको जानकारी गोप्य तथा सुरक्षित राख्ने कार्य
तपाईंको Google खाताले तपाईंको व्यक्तिगत जानकारी स्वतः सुरक्षित राख्छ। साथै, यसले तपाईंको व्यक्तिगत जानकारीको गोपनीयता सुनिश्चित गर्छ। हरेक खातामा तपाईंको इनबक्समा पुग्नुअघि नै ९९.९% जोखिमपूर्ण इमेलहरूमाथि रोक लगाउने स्प्याम फिल्टरलगायतका प्रभावकारी सुविधा तथा तपाईंलाई शङ्कास्पद क्रियाकलाप तथा हानिकारक वेबसाइटहरूबारे अलर्ट गराउने सुरक्षासम्बन्धी वैयक्तीकृत सूचना दिने सेवा उपलब्ध हुन्छन्।
यो सरल संयन्त्रले तपाईंलाई तपाईंको आवश्यकताअनुसार आफ्नो खाता सुरक्षित राख्न मद्दत गर्ने सुझावहरू प्रदान गर्छ।
तपाईंको Google खातामा एउटा अन्तर्निर्मित पासवर्ड प्रबन्धक हुन्छ। उक्त पासवर्ड प्रबन्धकले तपाईंका पासवर्डहरू तपाईंले मात्र पहुँच राख्न सक्ने ठाउँमा सुरक्षित रूपमा भण्डारण गर्छ।