तपाईंको Google खातामा साइन इन गर्ने सबैभन्दा सजिलो अनि सुरक्षित तरिका
पासवर्डहरूको तुलनामा पासकीहरू अझ सरल तथा सुरक्षित विकल्प हुन्। तपाईं पासकीका सहायताले आफ्नो फिंगरप्रिन्ट, फेस स्क्यान वा स्क्रिन लक प्रयोग गरेकै भरमा साइन इन गर्न सक्नुहुन्छ।
-
सरल
पासकीहरूले सहज र सरल अनुभव प्रदान गर्छन्। पासकीहरूले तपाईंको Google खातामा साइन इन गर्न फिंगरप्रिन्ट, अनुहार, PIN वा प्याटर्न प्रयोग गर्छन्।
-
सुरक्षित
पासकीहरूले सबैभन्दा भरपर्दो सुरक्षा प्रदान गर्छन्। पासकीहरू कहिल्यै अनुमान गर्न वा पुनः प्रयोग गर्न नसकिने भएकाले तिनले आक्रमणकारीहरूबाट तपाईंको व्यक्तिगत जानकारी सुरक्षित राख्न मद्दत गर्छन्।
-
व्यक्तिगत
फिंगरप्रिन्ट वा फेस स्क्यान जस्ता तपाईंको बायोमेट्रिक डेटा तपाईंको व्यक्तिगत डिभाइसमा भण्डारण गरिन्छ र Google सँग कहिल्यै सेयर गरिँदैन।
१-२-३ जस्तै सरल
आफ्नो Google खातामा साइन इन गर्नुहोस्, आफ्नो डिभाइसमार्फत पासकी सेटअप गर्नुहोस् र तपाईं अब पासकी प्रयोग गर्न सक्नुहुन्छ!