Jump to Content

अझ छिटो, सुरक्षित र सजिलो। एक ट्याप गरेकै भरमा Google प्रयोग गरी साइन इन गर्नुहोस्।

साइन अप तथा साइन इन गर्ने प्रक्रियालाई अझ सुरक्षित र सरल बनाउन आफ्नो Google खाता प्रयोग गर्नुहोस्। तपाईंले त्यसो गर्नुभयो भने तपाईं युजरनेम र पासवर्ड नहालिकन तुरुन्तै साइन इन गरेर समय बचत गर्न सक्नुहुन्छ र आफूलाई मन पर्ने एप तथा साइटहरूमा अझ बढी समय बिताउन सक्नुहुन्छ।

कुनै ल्यापटपको स्क्रिनमा "Google प्रयोग गरी साइन इन गर्नुहोस्" बटनमाथि कर्सर होभर गरिरहेको छ। एपका आइकनहरू स्क्रिनको वरिपरि घुमेको देखाइएको छ। उक्त ल्यापटपको छेउमा रहेको मोबाइल डिभाइसमा पनि "Google प्रयोग गरी साइन इन गर्नुहोस्" बटन देखाइएको छ।
  • सजिलैसँग साइन इन गर्नुहोस्

    सुरक्षित तरिकाले सजिलैसँग नयाँ खाता बनाउनुहोस् वा युजरनेम र पासवर्ड हाल्नु पर्ने झन्झटविनै आफूलाई मन पर्ने एप तथा साइटहरूमा साइन इन गर्नुहोस्।

  • जुनसुकै डिभाइस प्रयोग गर्नुहोस्

    तपाईंले प्रयोग गर्ने सबै ब्राउजर तथा iOS र Android लगायतका डिभाइसमा साइन इन गर्ने सहज सुविधा पाउनुहोस्।

  • आफ्ना कनेक्सनहरू नियन्त्रण गर्नुहोस्

    आफ्नो नाम, इमेल ठेगाना र प्रोफाइल फोटोलगायतका खाताको विवरण सुरक्षित रूपमा सेयर गरेर र Drive लगायतका Google का एपहरूको एक्सेस व्यवस्थापन गरेर आफ्ना एप तथा साइटहरू आफ्नो नियन्त्रणमा राख्नुहोस्।

  • Google प्रयोग गरी अझ सुरक्षित रहनुहोस्

    पहिला नै प्रयोग गरिएका पासवर्ड र जोखिमपूर्ण साइन इन प्रक्रियाबाट छुटकारा पाउनुहोस्। तपाईंले आफ्नो Google खाता प्रयोग गरी सुरक्षित रूपमा साइन इन गर्नुभयो भने तपाईंले पहिले जति धेरै एप तथा साइटहरूमा आफ्ना पासवर्ड सेभ गरिराख्नु पर्दैन र तपाईंको जानकारी अझ सुरक्षित रहन्छ।

Google प्रयोग गरी साइन इन गर्ने सुविधा प्रयोग गर्ने तरिका

आफ्नो Google खाता प्रयोग गरी जुनसुकै डिभाइसमार्फत आफूलाई मन पर्ने एप तथा साइटहरू सजिलैसँग एक्सेस गर्नुहोस्

एप वा साइटमा भएको "Google प्रयोग गरी साइन इन गर्नुहोस्" बटनमा क्लिक गर्नुहोस्

आफूले प्रयोग गर्न चाहेको Google खाता छान्नुहोस्

तपाईं आफ्नो Google खाता प्रयोग गरी पहिलो पटक कुनै एप वा सेवामा साइन इन गर्दै हुनुहुन्छ भने उक्त एप वा सेवामा साइन इन गर्न आफ्नो Google खातामा भएको नाम, इमेल ठेगाना र प्रोफाइल फोटो सेयर गर्नुहोस्
केही एपले तपाईंको ठेगाना वा फोन नम्बर जस्ता थप जानकारी पनि माग्न सक्छन् तर तपाईं जुनसुकै बेला आफ्नो Google खाताका सेटिङमा गई सो जानकारी नियन्त्रण गर्न सक्नुहुन्छ

एप वा साइटमा जानुहोस्

सम्पन्न भयो, तपाईं अब साइन इन अवस्थामा हुनुहुन्छ!
अर्को पटक यही Google खाता प्रयोग गरी सजिलैसँग पुनः साइन इन गर्नुहोस्

डिभाइसको स्क्रिनमा साइन इन पेज देखाइएको छ। युजरनेम र पासवर्ड हाल्ने फिल्डको मुनिपट्टि नयाँ खाता बनाउने वा Google प्रयोग गरी साइन इन गर्ने विकल्पहरू छन्। "Google प्रयोग गरी साइन इन गर्नुहोस्" बटनको आकार बढ्दै जान्छ र फुटेर स्क्रिनबाट गायब हुन्छ। एउटा कर्सरले उक्त बटनमा क्लिक गर्छ।
एउटा पप-अपले डिभाइसको स्क्रिन पूरै ओगट्छ। उक्त पप-अपले प्रयोगकर्तालाई सो एपमा साइन इन गर्नका निम्ति कुनै Google खाता छान्न वा अर्को खाता हाल्न लगाउँछ। कर्सरले साइन इन गर्न प्रयोग गरिनु पर्ने खाता चयन गर्छ।
पप-अप परिवर्तन हुन्छ र प्रयोगकर्तासँग Google प्रयोग गरी सो एपमा साइन गर्ने अनुमति मागिन्छ। कर्सरले "अगाडि बढ्नुहोस्" बटनमा क्लिक गर्छ। पप-अप बन्द हुन्छ र स्क्रिनमा कुनै एप लोड भइरहेको देखाइन्छ।

Google को भरपर्दो सुरक्षा संयन्त्रका सहायताले अझ सुरक्षित तरिकाले साइन इन गर्नुहोस्

  • डिफल्ट रूपमा सुरक्षित

    तपाईं छिटो एवं सुरक्षित तरिकाले साइन इन गर्ने सुविधाको हकदार हुनुहुन्छ। तपाईंले Google प्रयोग गरी साइन इन गर्ने सुविधा प्रयोग गर्नुभयो भने तपाईंले अनलाइनमा सीमित ठाउँमा मात्र आफ्नो जानकारी सेभ गरे पुग्छ। त्यसैले यो सुविधाले तपाईंलाई तेस्रो पक्षहरूबाट आफ्नो जानकारी सुरक्षित राख्न मद्दत गर्छ।

  • तपाईंको जानकारी तपाईंको नियन्त्रणमा हुन्छ

    प्रत्येक तेस्रो पक्षीय एप तथा साइटसँग के कस्ता जानकारी सेयर गर्ने भन्ने कुरा व्यवस्थापन गर्नुहोस् र जुनसुकै बेला आफ्नो Google खातामा गई आफ्ना सेटिङ बदल्नुहोस्।

  • गोपनीयतालाई मध्यनजर गर्दै डिजाइन गरिएको

    Google ले "Google प्रयोग गरी साइन इन गर्नुहोस्" सुविधामार्फत गरिएको गतिविधि वा उक्त सुविधामा भएको जानकारी विज्ञापन देखाउन वा Google को अन्य कुनै पनि उत्पादनका लागि प्रयोग गर्दैन। हामी तपाईंको गोपनीयता कायम गर्ने हिसाबले तयार गरिएका जानकारी सङ्कलन, प्रयोग तथा व्यवस्थापन गर्ने तरिकासम्बन्धी अभ्यासहरू कडाइका साथ पालना गर्छौँ।

एक ट्याप गरेकै भरमा आफ्ना मन पर्ने एप तथा साइटहरू खोल्नुहोस्